पोखरा मानन्धर गुठीको सभा

समाधान संवाददाता २०७९ फागुन २९ गते ११:४४

पोखरा ।
पोखरा मानन्धर गुठीको १२ साधारण सभा शनिबार भएको छ । सभाले आगामी २ वर्षका लागि ईन्द्रकमल मानन्धरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चुनेको छ ।

Advertisement

शिव मानन्धर, विजया अधिकारी मानन्धर र निरज मानन्धर क्रमशः उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चुनिएका छन् । समितिमा पुरुषोत्तम मानन्धर, समीर मानन्धर, सागर मानन्धर र विराज मानन्धर छन् । समितिको कार्यकाल २ वर्ष रहनेछ ।

गुठीका सभाध्यक्ष सोमनारायण मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रतिवेदन राजकुमार मानन्धरले पेश गरेका थिए । प्रतिवेदन छलफलपश्चात सर्वसम्मत पारित भएको छ ।

केन्द्रीय मानन्धर संघका पूर्व अध्यक्ष देवकुमार मानन्धरले क्याक्मी स्याङ्ग्जामा मानन्धर गुठी निर्माणमा पोखरा मानन्धर गुठीको महत्वपूर्ण योगदान रहेको बताए ।

सबै सदस्यको सहभागितामा समुदायको विकास हुने उनले बताए । सभामा एमबिए परीक्षामा ३.८९ जिपिएसहित उत्तीर्ण नीलिमा मानन्धरलाई नगद तथा दोसल्लासहित सम्मान गरिएको छ । ज्येष्ठ सदस्य ९० वर्षकी सन्तमाया मानन्धरलाई पनि समाजले सम्मान गरेको छ ।

Advertisement

कार्यक्रममा पूर्व अध्यक्ष सुन्दर मानन्धर र सुरेशकुमार मानन्धरले पनि बोलेका थिए । कार्यक्रममा डा जेम महर्जनले निःशुल्क छाला, कपाल र नङ परीक्षण गरी औषधी वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया