हेमजामा मनोसामाजिक तालिम

पोखरा ।
पोखरा २५ हेमजामा मनोसामाजिक सु–स्वास्थ्य एवं जीवन संरक्षण (गेट किप्पर) सम्बन्धी तालिम भएको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको तालिममा नेपालका सन्दर्भमा आत्महत्याको परिवेश, आत्महानि र आत्महत्याका लागि जोखिम समूह, आत्महानि र आत्महत्याको कारण तथा व्यवहार बढाउने तत्वहरु, आत्महत्याको जोखिम र खतराको सूचकहरु, आत्महत्याका सम्भावित सूचकहरु, आत्महत्याको जोखिमको न्यूनीकरण गर्न सक्ने सुरक्षात्मक उपायहरु, आत्महत्या सम्बन्धी भ्रम तथा यथार्थहरु, साथै आपतकालीन प्रेषण कहाँ र कसरी गर्ने, सहयोगात्मक हेरचाह लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा मनोविद विजय राई, परियोजना संयोजक सुदीप घिमिरे, हेमजा स्वास्थ्य चौकी पोखरा २५ का प्रमुख कुस्मराज सुवेदी, पोखरा महानगरपालिकाका मानसिक स्वास्थ्य फोकल पर्सन दीपेन्द्र सुनारले सहजीकरण गरेका थिए ।
सोमबार तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले तालिमका सहभागीहरुले आत्महत्याको सोच र व्यवहार भएका व्यक्तिको पहिचान गर्न र पहिचान भएका व्यक्तिलाई मनोसामाजिक सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले सिकाइलाई व्यवहारमा उतार्न र समूदायमा गेटकिप्पर भएर बस्न तालिमका सहभागीलाई सुझाए । उनले भने, ‘मानिस सामाजिक प्राणी हो, मानिसमा हरेक प्रकारका संवेग आउँछन् तर मानिसमा आउने नकरात्मक संवेगलाई कावुमा राख्न र अरुको समस्या पहिचान गरेर सहयोग गर्न सक्ने क्षमताको विकास हुन आवश्यक छ ।’
कार्यक्रममा आत्महत्या रोकथाम सहयोग समिति पोखरा २५ का सदस्य कृष्णमान श्रेष्ठले सामाजिक दायित्व बहन गर्न सुझाव दिँदै मनोसामाजिक ग्रस्त कोहि व्यक्तिलाई पनि हेलाको दृष्टिले सोच्न नहुने बताए । कार्यक्रममा कोसिसकी सदस्य सपना सुवेदीले कोसिसका बारेमा जानकारी गराएकी थिइन् ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन कोशिशको आयोजनामा सञ्चालित तालिममा आत्महत्या रोकथाम सहयोग समिति, पोखरा २५, हेमजा स्वास्थ्य चौकी र सिविएम (ग्लोवल डिसएविलिटी इन्कुल्जम) ले सहकार्य गरेका थिए । पोखरा महानगरपालिकाले समन्वय गरेको थियो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया