लोक दोहोरी दिवसमा ज्येष्ठ नागरिकलाई सहयोग

समाधान संवाददाता २०७९ फागुन ३० गते १०:४५

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवसको अवसरमा प्रतिष्ठान गण्डकी प्रदेशले पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रमलाई सरसफाइ सामग्री प्रदान गरेको छ ।

Advertisement

प्रतिष्ठानको स्थापना वर्ष तथा लोक दोहोरी दिवस २०७९ को सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले पोखरा २५ हेमजाको बाबियातरामा रहेका मानव सेवा आश्रमका आश्रितलाई खाद्यान्न तथा फलफूल दिएको हो ।

आश्रमका ज्येष्ठ नागरिकका लागि सरसफाइका सामग्री हर्पिक, बाल्टिन, डस्टबिन, जग, कुचो, ब्रस, कुचो, साबुन, कोलगेट लगायत प्रदान गरेको प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीले बताए । उनले कार्यक्रममा भजन गीत गाएर ज्येष्ठ नागरिकलाई मनोरञ्जनसमेत दिलाए ।

दोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्ष तुलसी क्षत्रीले मानव सेवा आश्रमका १ सय १० आश्रितलाई आवश्यक पर्ने खाद्यान्य तथा फलफूल वितरण गरेको उल्लेख गरिन् ।

प्रतिष्ठान प्रदेश तथा कास्कीले आयोजना गरेको कार्यक्रममा समाजसेवी मदन थापा, प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष माया गुरुङ, प्रतिष्ठान गण्डकीका सल्लाहकार तथा कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय सदस्य पार्वती जिसी, प्रतिष्ठान कास्कीका सल्लाहकारहरु दीपक तिमिल्सिना र लक्ष्मी सुवेदी, प्रतिष्ठान कास्कीका प्रथम उपाध्यक्ष परशुराम अधिकारी, सचिव नारायण सुनार, संघ, संस्था समन्वय विभाग प्रमुख विनोद रामदाम, प्रतिष्ठान स्याङ्जा अध्यक्ष नेत्र खड्का, समाजसेवी यसु थापा, वात्स्यायन वृद्धाश्रमका कार्यालय सचिव युवराज वाग्ले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया