पत्रकार श्रीकान्तलाई मातृशोक

समाधान संवाददाता २०७९ फागुन ३० गते ११:५२

पोखरा ।
पत्रकार श्रीकान्त सापकोटालाई मातृशोक परेको छ । उनकी आमा राधिका सापकोटाको ७३ वर्षको उमेरमा बुधबार पोखरामा निधन भएको हो । ८ मंसिरमा हृदयघात भएपछि राधिकालाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

Advertisement

उनी पछिल्लो समय पक्षघातबाट समेत पीडित थिइन् । राधिकाको बुधबार नै सेती किनार गाईघाटमा अन्त्येष्टि भयो । २००६ मा भलाममा जन्मिएकी राधिकाको मादी ४ तारकाङका डिल्लीराम सापकोटासँग विवाह भएको थियो । उनका २ छोरा श्रीकान्त र भुवन तथा छोरी सीतादेवी तिमिल्सिना छन् ।

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्ने श्रीकान्त नेत्रहीन संघ कास्की अध्यक्षसमेत हुन् । श्रीकान्तका बाबु डिल्लीरामको २०६५ मै निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया