पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा नेविसंघले गर्‍यो तालाबन्दी

समाधान संवाददाता २०७९ फागुन ३० गते १३:११

पोखरा ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघले पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) प्रशासनमा झण्डा टाँसेर तालाबन्दी गरेको छ । नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापतिसहितका कार्यसमितिले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

संघले निर्वाचन प्रक्रियामा क्याम्पसले एकलौटी गरेको आरोप लगाएका छन् । संघले सोमबार क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।

उक्त समूहले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकविना बाहिरी व्यक्तिहरूको अनधिकृतरूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले राजीनामा दिएका थिए । सोही समूहले नेविसंघबाट उम्मेदवार बनेका १६ जनाको नाम फिर्ता लिएका थियो ।

Advertisement

तपाईको प्रतिक्रिया