प्रतिभा माविमा दन्त परीक्षण

पोखरा ।
पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर भएको छ ।
मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीले दन्त परीक्षण गरेका छन् ।
शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परीक्षण गरेका थिए ।
परीक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य परीक्षण गर्ने आउने बिरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका बिरामीहरुमा जटिल समस्या देखिएमा शिविरको बिरामी पुर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त बिरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले विभिन्न संघसंस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजाना अन्तर्गत प्रतिभा स्कुलमा ११औ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार व्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।
स्कुलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने शिविरले सहयोग पुर्याउन व्यवस्थापक लामिछानेले जानकारी दिए । शिविरले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेको भनाइ छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया