जुत्ता बनाउन सिकाइयो

समाधान संवाददाता २०७९ चैत १ गते ११:१९

पोखरा ।
मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सकिएको छ । नेवाः मिस पुच कास्कीको आयोजना नेवाः खल कास्की, नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा तालिम आयोजना भएको हो ।

Advertisement

२५ प्रशिक्षार्थीलाई सृजनशील महिला समूह तथा सीप विकास केन्द्र काठमाडौंका अध्यक्ष दीपा शाक्यले सीप सिकाएकी छन् ।

समापन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सीता सुन्दासले तालिमले नेवारी महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् । उनले संस्थाले महिला सशक्तीकरणमा गरेको कामको प्रशंसा गरिन् ।

Advertisement

नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले नेवाः खलको उद्देश्य भाषा, संस्कृतिसँगै सीपको विकास गर्ने भएको बताए नेवाः मिस पुच कास्की अध्यक्ष मेनुका श्रेष्ठले सीपले महिलामा आर्थिक उत्पादनमा सघाउने अपेक्षा गरिन् ।

कार्यक्रम संयोजक सोनी ढेवाजूले चुलो चौकोमा मात्र सीमित महिलालार्य तालिमले जीविकोपार्जनमा सहयोग पुग्ने उल्लेख गरिन् । कार्यक्रममा ल्याम्ह पुच कास्की अध्यक्ष मधुसुदन जोशी, सिटिइभिटी अन्नपूर्ण प्रमुख मोतिमाया भुजेल, वडा नं. ९ का वडा सदस्य भवना श्रेष्ठ, नेवाः पत्रकार मञ्च अध्यक्ष सञ्जयकुमार मल्ल, सिटिवान टेलिभिजनकी निर्देशक अनिशा श्रेष्ठ, प्रशिक्षार्थी अम्बिका मुल्मी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया