पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते
समाधान संवाददाता
२०७९ चैत १ गते ११:५४

पोखरा ।
पोखरा महानगरपालिका १८ भकुन्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । बुधबार तुल्सीकुञ्ज कालिज फर्ममा पसेर चितुवाले श्रीकृष्ण मल्ल ठकुरीलाई आक्रमण गरी घाइते बनाएको हो । चितुवा फर्मबाट फर्कने क्रममा राजेश तिमिल्सिनालाई पनि आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार उनीहरुको अनुहार र आँखामा कोतारिएको छ । ठकुरीको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने तिमिल्सिनाको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
चितुवाको आक्रमणबाट दुई वटा कालिजको मृत्यु भएको छ । चितुवा फर्म नजिकै झाडीमा मृत अवस्थामा फेला परेको र बन कार्यालयलाई बुझाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया