आश्रमलाई सनराईज क्लबको सहयोग
समाधान संवाददाता
२०७९ चैत १ गते १५:३९

लेखनाथ ।
पोखरा २६ अर्घौमा रहेको सनराईज क्लबले १४ औं स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ ।
क्लबले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिँदै यस वर्षको वार्षिक कार्यक्रम अन्र्तगत पोखरा २७ को सहेला पाखामा रहेको आश्रमका लागि खाद्यन्न तथा फलफुल प्रदान गरेको हो ।
क्लबका अध्यक्ष डुलप्रसाद पुनले सामाजिक उत्तरदायित्व अन्र्तगत क्लबले रक्तदान, सरसफाई, सडक बत्ति जडान जस्ता कार्यक्रम गर्दै आएको बताए ।
क्लबले आश्रमका संरक्षक कल्याण कुमार कार्कीलाई सामाग्री हस्तान्त्रण गरेको हो । आश्रममा नियमीत रुपमा पाँच जना बालवालिका र नौं जना ज्येष्ठ नागरिक छन् ।
क्लबका उपाध्यक्ष सुर्य न्यौपाने र निवर्तमान अध्यक्ष राजबहादुर गुरुङले सामाजिक क्षेत्रमा क्लबले गर्दै आएका काम र भविस्यमा गरिने कामका बारेमा जानकारी दिए ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया