उद्यमी महिलालाई विनाधितो ऋण दिन्छौं: उपप्रमुख गुरुङ

पोखरा ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने महिला उद्यमीलाई विनाधितो पाँच लाख दिने प्रतिवद्धता गरेकी छन् ।
व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा आयोजित १५ दिने गुडिया बनाउने तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै उपप्रमुख गुरुङले रुची र लगावलाई निरन्तरता दिदैँ सिकेको सिपलाई आयआर्जनमा रूपान्तरण गर्न आग्रह गरिन् ।
वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिप सिकेर उत्पादन गरेका समाग्रीलाई व्यवसायिक रूपमा विक्री वितरण गर्न सहयोग गर्ने बताए । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले पाठ्क्रममा आधारित तह १ को तालिम भएकाले पाचौँ तहको जागिरका लागि योग्य हुने जानकारी दिए ।
फागन १० गतेदेखि २५ गतेसम्म सञ्चालित १५ दिने गुडिया बनाउने तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले गुडिया बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण गरेकी थिइन् ।
तालिममा सहभागी शर्मिला सुवेदीले प्रशिक्षक राम्रो हुँदा १५ दिनको सिप सिकेर पनि आयआर्जनमा लाग्न सक्ने प्रेरणा मिलेको आफ्नो अनुभव सुनाइन् । नारी परोपकार केन्द्रको समन्वयमा ३० जना महिलाले तालिम लिएको केन्द्रकी अध्यक्ष शारदा गिरीले जानकारी दिइन् ।
आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाको सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया