पोखरा १३ को बरिष्ता तालिम सम्पन्न
समाधान संवाददाता
२०७९ चैत १ गते १६:२५

पोखरा ।
पोखरा महानगरपालिका १३ को आयोजनामा भएको एक महिने बरिष्ता तालिम सम्पन्न तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ । वडा कार्यालय १३ को आर्थिक र एभरेष्ट इन्स्च्यिुट तथा होटल म्यानेजमेन्टको प्राविधिक सहयोगमा तालिम भएको हो ।
तालिममा १८ वर्षदेखि ३० वर्षमुनिका ७१ जनाको सहभागी रहेको वडाध्यक्ष किरण बरालले जनाकारी दिए । माघ २५ देखि सुरु भएको तालिम फागुन २५ गते सम्म चलेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले वडा कार्यालयको लगानीलाई फलदायी बनाउन तथा लगानी थप बढाउन सबैको उत्साहपूर्ण सहभागिता आवश्यक रहने बताए ।
वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममाको सञ्चालन वडाका सचिव अञ्जु गुरुङले गरेकी थिइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया