दीपक मनाङेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार संवैधानिक इजलासले पूर्ण सुनुवाईकै क्रममा निरुपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतबाट बाटोका म्यादबाहेक ७ दिनभित्र लिखित जवाफ पेश र दुई साताभित्र पेशी तोक्न पनि निर्देशन दिएको छ । सांसद गुरुङले कैद सजाय भुक्तान गर्न बाँकी रहेको भन्दै रिटमा दर्ता भएको थियो ।
गुरुङविरुद्धको ज्यान मार्ने उधोग मुद्धामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर सर्वोच्च अदालतमा कुनै निवेदन वा पुनरावेदन परेको नपरेको सम्बन्धी मिसिल अवलोकनार्थ साथै राखेर पेश गर्न पनि आदेश गरेको छ । जिल्ला अदालतबाट भएको फैसला बमोजिम गुरुङले सजाय पुरा गरेपनि पाटन पुनरावेदन अदालतले सजायको अवधि बढाएर ५ वर्ष पुर्याएको र त्यो भोग्न बाँकी रहेको रिट निवेदकको दावी छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया