हरिबहादुर बुढाथोकी बने ग्रीन डेभलपमेण्ट बैंककाे सीईओ

समाधान संवाददाता २०७९ चैत १ गते १९:०५

पोखरा ।
ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओमा नियुक्त गरेको हो । बुढाथोकीले असार महिनादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका थिए ।


बैठकले चैत १ गतेदेखी कार्यभार समाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । पोखरा २८ माझठाना स्थायी घर भएका बुढाथोकीले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

बुढाथोकी १५ वर्षदेखि बैकिङ क्षेत्रमा संलग्न छन् । पोखरा ८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको बैंकको देशका विभिन्न ठाउँमा शाखाहरु विस्तार गरिएको छ । बैंकले कृषि, पर्यटन र साना उद्योग जस्ता क्षेत्रमा कर्जा लगानीलाई विशेष जोड दिँदै आएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया