हरिबहादुर बुढाथोकी बने ग्रीन डेभलपमेण्ट बैंककाे सीईओ
समाधान संवाददाता
२०७९ चैत १ गते १९:०५

पोखरा ।
ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओमा नियुक्त गरेको हो । बुढाथोकीले असार महिनादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका थिए ।
बैठकले चैत १ गतेदेखी कार्यभार समाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । पोखरा २८ माझठाना स्थायी घर भएका बुढाथोकीले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बुढाथोकी १५ वर्षदेखि बैकिङ क्षेत्रमा संलग्न छन् । पोखरा ८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको बैंकको देशका विभिन्न ठाउँमा शाखाहरु विस्तार गरिएको छ । बैंकले कृषि, पर्यटन र साना उद्योग जस्ता क्षेत्रमा कर्जा लगानीलाई विशेष जोड दिँदै आएको छ ।

सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया