‘इतिहास शासकको गाथामात्र होइन’

पोखरा ।
इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ । विभागका प्रमुख वसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए ।
‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको वर्णन र आविष्कारका घटनामा मात्र सीमित छैन,’ पराजुलीले भने, ‘इतिहासले विगतबारे जानकारी दिन्छ । अनुभव र पाठले वर्तमानमा सही दृष्टिकोण तयार गर्न मद्दत मिल्छ ।’
डा. दीर्घमान गुरुङले विद्यार्थीलाई सक्रिय र क्रियायाकलापमुखी बन्न अनुरोध गर्दै इतिहास विगतका ज्ञानको व्यवस्थित निरन्तरता भएकाले भरपूर उपयोग गर्न सुझाव दिए ।
सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले आलोचनात्मक चिन्तन गर्न सक्ने, सामयिक क्षमता र कौशल भएका जागरुक नागरिक बन्न सकिने भएकाले इतिहास विषयको रोजाइ सही भएको उल्लेख गरे । भण्डारीले अब राजा महाराजाको वृतान्तभन्दा समयसापेक्ष विषयमा ज्ञान लिन जरुरी रहेकोमा जोड दिए ।
उपप्राध्यापक चन्द्रकान्त पौडेलले सही तरिकाले इतिहास पढ्न सके उपयोगी र ऐतिहासिक काम गर्ने बानी बसाल्ने बनाए । सूचनाको स्रोत पत्ता लगाउन र तिनको समीक्षा गर्न उनीहरू बढी निपुण हुने र प्रमाण तथा कथनहरूको सत्य पहिचान र मूल्यांकन गर्ने तरिका पनि उनीहरूले जान्ने बताए ।
उपप्राध्यापक नारायणप्रसाद ढकालले इतिहास तथ्य र प्रमाणसहित हुने र विनातथ्य इतिहास नबन्ने भएकाले सही शिक्षा नै इतिहास भएको ठम्याए । उनले विश्वमा इतिहासको महत्व झन् झन् बढिरहेको उल्लेख गर्दै विश्वभर सबै विश्वविद्यालयमा इतिहासको पढाइ हुने उल्लेख गरे ।
इतिहास विषयका प्राध्यापकहरूले पछिल्लो समय इतिहास विषयमा फेरि चाख बढ्दै गएको र विद्यार्थीको संख्यामा वृद्धि भएकोमा खुसी व्यक्त गरे ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया