चिप्लेढुंगामा बसको ठक्करबाट स्कुटर चालक कार्कीको मृत्यु

समाधान संवाददाता २०७९ चैत ३ गते ९:५१

पोखरा । बसको ठक्करबाट पोखरामा शुक्रबार बिहान चिप्लेढुंगामा एक युवतीको ज्यान गएको छ । विहान करिब ७ः३० बजे ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते स्कुटर चालक २४ वर्षीया दीक्षा कार्कीको उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए ।

Advertisement

दमक ४ झापा घर भई हाल पोखरा ५ पर्स्याङ बस्दै आएकी कार्कीको ज्यान लिएको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले बताएका छन् ।

तपाईको प्रतिक्रिया