नेपाल विश्वकप छनोटमा

समाधान संवाददाता २०७९ चैत ३ गते १०:१६

पोखरा ।
नेपाल आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनको जित हात पारेसँगै सोझै विश्वकप छनोटमा पुगेको छ । ब्याड लाइट (खराब) प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्ड पद्धतिको आधारमा ९ रनले विजयी भएको हो ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डिएलमा नेपाल विजयी हुँदै सोझै विश्वकप छनोटमा पुगेको हो । नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

विश्वकप छनोट आगमी जुन जुलाईमा जिम्बावेमा हुनेछ । युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछन् ।

Advertisement

जिम्बावेमा छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका ५ टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् । जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् ।

सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया