नेपाल विश्वकप छनोटमा

पोखरा ।
नेपाल आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनको जित हात पारेसँगै सोझै विश्वकप छनोटमा पुगेको छ । ब्याड लाइट (खराब) प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्ड पद्धतिको आधारमा ९ रनले विजयी भएको हो ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डिएलमा नेपाल विजयी हुँदै सोझै विश्वकप छनोटमा पुगेको हो । नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।
विश्वकप छनोट आगमी जुन जुलाईमा जिम्बावेमा हुनेछ । युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछन् ।
जिम्बावेमा छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका ५ टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् । जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् ।
सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया