गलकोट क्याम्पसमा नेविसंघका लोकेन्द्र सर्वसम्मत

पोखरा ।
बागलुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत बनेका छन् ।
क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनको सहमतिमा उनी चुनिएका हुन् । स्ववियुका सबै पदमा सर्वसम्मत भएको छ ।
उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त र कोषाध्यक्षमा अनेरास्ववियु (छैठौँ) का गणेश सापकोटा छन् ।
सदस्यमा नेविसंघकी हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौँ)की विनिता गौतम छन् ।
मनोनयन दर्ताका दिन सबै पदमा एकल उम्मेदवारी परेको हो । चैत ५ गते निर्वाचनको मिति तय थियो । यहाँ ०७३ सको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा भएको थियो । त्यो वेला नेविसंघका गुमानसिंह भण्डारी चुनिएका थिए ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया