लायन्स ३२५ केको प्रथम सम्मेलन पोखरामा
पोखरा ।
लायन्स क्लब इन्टरनेसनल २२५ केको प्रथम वार्षिक सम्मेलन शनिबार पोखरामा हुने भएको छ । पोखरा सभागृहमा हुने सो सम्मेलनमा देशभरका करिब १ हजार ५ सय लायनको सहभागिता रहने क्लबका गर्भर राजेन्द्रकुमार बाटाजूले बताए ।
वार्षिक सम्मेलन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने तय छ । लायन्स क्लबका सदस्यका लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उनले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘सम्मेलनको सबै तयारी सकिएको छ,’ उनले भने, ‘सम्मेलनले पोखराको पर्यटन प्रवद्र्धनमा पनि योगदान गर्नेछ ।’
सम्मेलन उद्घाटनअघि चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म परेड आयोजना गरिने भएको छ । क्लबका कन्भेनर टीकाराम सापकोटालेसम्मेलन भव्य बनाउन कुनै कसर बाँकी नराखिएको बताए । ‘प्रथम सम्मेलन सम्पन्न गर्न हामीले २१ विभिन्न विषयगत समिति बनाएका छौँ,’ उनले भने, ‘हाम्रो डिस्ट्रिक्ट ३२५ के मा आवद्ध १ सय ५७ क्लबका सदस्य सबै उत्साहित हुनुहुन्छ ।’
सम्मेलन रजिस्ट्रेसन समितिका संंयोजक वसन्त गिरीले सहभागिताका लागि नाम दर्ता हुने क्रम जारी भएको जनाए । क्लबका कोकन्भेनर श्यामकृष्ण श्रेष्ठका अनुसारसम्मेलनको पूर्वसन्ध्यामा हुने परेडमा लाखे नाच, पञ्चेबाजा पनि समावेश गरिएको छ ।
कन्भेनर सापकोटाका अनुसार प्रथम सम्मेलनले लायन वर्ष २०२३/०२४ का लागि नयाँ नेतृत्व चयनसमेत गर्नेछ । लायन वर्ष २०२३/०२४ का लागि डिस्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्वितीय डिस्ट्रिक्ट भाइस गभर्नरमा दुर्गाप्रसाद हुमागाईंको आधिकारिक उम्मेदवारी दर्ता भइसकेको छ ।
‘उम्मेदवारी दर्ता भनेको प्रक्रिया हो, उहाँहरुका अरु प्रतिस्पर्धी हुनुहुन्न’, उनले भने, ‘लायनहरु विधिमा विश्वास गर्छन्, निर्वाचन भनको विधि हो र उहाँहरु त्यसको लागि मैदानमा आउनुभएको हो । उहाँहरुले निर्वाचनमार्फत् शत्प्रतिशत मत प्राप्त गर्नुहुनेछ ।’







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया