तेजलाई समाजसेवा पुरस्कार

पोखरा।
पोखराका समाजसेवी तेजबहादुर गुरुङलाई स्वर्गीय नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार प्रदान गरिएको छ । पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लबद्वारा सञ्चालित यो पुरस्कारको राशि १५ हजार र सम्मानपत्र छ ।
बिहीबार आयोजित समारोहमामा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गुरुङलाई सम्मान गरेका हुन् । स्वर्गीय पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार विन्ध्यवासिनी माविबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने रस्मिता गौतम र युवराज रेग्मीलाई प्रदान गरिएको छ । रस्मिता र युवराजले जनही ५ हजार पाएका छन् ।
कार्यक्रममा पोखरा १६ का २ एकल महिला वाटुली सुनार र शान्ति परियारलाई जनही २ हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख प्यासीले विना स्वार्थ समाजसेवाको क्षेत्रमा लाग्ने व्यक्तिलाई राज्यले उचित कदर गर्नुपर्नेमा जोड दिए । क्लब अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, क्लबका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, पूर्वअध्यक्ष मोहन थापा, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारी, दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्य, कोपिला आमा समूहका अध्यक्ष गीता थापा, सम्मानित व्यक्तित्व तेजबहादुर गुरुङ, विद्यार्थी रस्मिता गौतम, क्लबका सचिव शिवराज देवकोटा लगायतले बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया