पोखरा फाइनान्सको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

समाधान संवाददाता २०७९ चैत ३ गते १९:४१

पोखरा ।

पोखरा फाइनान्स लिमिटेडले शुक्रबार वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाले २६ औं वार्षिकोत्सव मनाएको हो ।

फाइनान्सको प्रधान कार्यालय रहेको स्थान न्युरोड पोखरामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष डाक्टर दीर्घमान गुरुङको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । फाइनान्सका सञ्चालकहरु कृष्णबहादुर गुरुङ, मेजर प्रेमबहादुर थापा, पूर्व प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ, पूर्व अध्यक्ष भुवन सिंह गुरु¬ङ लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

Advertisement

कार्यक्रममा फाइनान्सले सफलता प्राप्त गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए । पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा हो ।

Advertisement

तपाईको प्रतिक्रिया