स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकीमा सञ्जय सुवेदी

समाधान संवाददाता २०७९ चैत ४ गते २१:५०

पोखरा ।

Advertisement

स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकीमा शनिबार भएको साधारणसभा र महाधिवेशले सञ्जय सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सुवेदीको नेतृत्वमा आठ सदस्यीय कार्यसमिति नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा सुनिल पराजुली, महासचिवमा विष्णुप्रसाद अधिकारी, सचिवमा नन्दकुमार पाइजा र कोषाध्यक्षमा सुरेश पौडेल चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सुर्य प्रसाद भण्डारी, रवि विक, रमेश चालिसे, बलराम ढकाल चुनिएका छन् । कार्यक्रममा बोल्दै स्वतन्त्र शैक्षिक परामर्श संघ निर्वतमान अध्यक्ष युवराज कटुवालले संघमा सदस्यसमेत औलामा राखेर गन्न सकिने अवस्थामा रहेको बताए ।


अध्यक्ष कटुवालले स्वतन्त्र शैक्षिक परामर्श संघ शक्तिशाली कमिटी भएको दावी गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयका प्रतिनिधि, गृह मन्त्रालय, अर्थमन्त्रालय लगायतका देशका उच्च ओहादाका प्रतिनिधिहरु रहनेगरी कमिटि निर्माण भएको उल्लेख गरे । कार्यक्रमका इक्यान प्रतिनिधि रमेश थापाले शैक्षिक परामर्श सम्बन्धि संस्थाहरुको समस्या बेवास्ता गरेको बताउ ।

Advertisement

तपाईको प्रतिक्रिया