रेवान कप टेनिस: राजन–नवीन भिड्दै

समाधान संवाददाता २०७९ चैत ५ गते १०:२०

पोखरा ।
राजन पौडेल र नवीन श्रेष्ठ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

सेमिफाइनलमा नवीनले अनुजकुमार बाँस्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधिका लागि राजनसँग भेट पक्का गरे ।

डबल्सतर्फ उपाधिका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुजकुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

भट्टराई जोडीले पदम गुरुङ र हुम आलेको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा अनुज र नवीनको जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै फाइनल पुग्यो ।

प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार, दोस्रो हुनेले नगद ५ हजारसहित ट्रफी पाउने छन् । प्रतियोगिताका फाइनल खेल आइतबार पोखरा रंगशालामा हुने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया