ल्याबका नयाँ जाँचबारे चिकित्सकसँग छलफल

पोखरा ।
विज्ञान र प्रविधिको विकासले सबै क्षेत्रमा नयाँ नयाँ आविष्कार भइरहेका छन् । मेडिकल ल्याब क्षेत्र यसबाट अछुतो हुने कुरै भएन । स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा आएका नयाँ प्रविधि, जाँच, मेसिन आदिबारे शुक्रबार पोखरामा विज्ञहरुबीच छलफल भएको छ ।
कार्यक्रममा रस कम्पनीका प्रशिक्षक डा भूषण नागपुरेले हृदयघात र हार्ट फेलिएरका जाँचबारे प्रकाश पारे । उनले ट्रोपोनिन एचएस, एन्टीप्रो बिएनपी जस्ता जाँचले समयमै हृदयघात र हार्ट फेलिएरको जानकारी दिने भएकाले जीवन रक्षामा योगदान पुग्ने बताए ।
रसका मार्केटिङ म्यानेजर विस्नु सक्वातले लामो समय र ठूलो धन राशि खर्च गरी अनुसन्धानपछि कम्पनीले नयाँ मेसिन र जाँचहरु सुरुआत गरेको उल्लेख गरे । उनले विश्वका २ सयभन्दा बढी देशमा रसका मेसिनबाट रक्त जाँच भइरहेको बताए ।
ल्याब गुणस्तर विज्ञ सुशील थापाले गुणस्तरलाई अपडेट गर्दै अत्याधुनिक प्रयोगशाला सेवा सञ्चालन गर्नेपर्ने बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्राडा बुद्धिबहादुर थापा र प्राडा गिरधारी शर्माको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा २ सय २५ चिकित्सक सहभागी थिए ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले डाइनोनेक सपोर्ट र रस डायग्नोस्टिक इन्डिया एन्ड नायबरिङ मार्केटेस्को सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।
युआरएलले हरेक वर्ष नयाँ मेसिन र जाँचबाट विज्ञ र चिकित्सकसँग छलफल आयोजना गर्दै आएको छ । कार्यक्रममा चिकित्सकहरुले नयाँ मेसिन र नयाँ परीक्षणहरुले रोगको निदानलाई सहज बनाएको बताएका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया