कालिका क्याम्पस अध्यक्षमा किरण

पोखरा ।
कालिका बहुमुखी क्याम्पस कजीपोखरीको शनिबार भएको छैटौं अधिवेशनले किरण केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा बोधबहादुर कार्की र सदस्यमा वीरेन्द्र केसी, जेबी कुँवर, भीमसेन थापा, अमित थापा, भविन्द्र विक र प्रेमबहादुर कार्की छन् ।
कमल बस्नेत, गोकर्ण कार्की, डा परमेश्वोर पोखरेल, किरण अधिकारी, महेश कार्की र बिमलबहादुर कार्की सदस्य चुनिएका छन् । सभामा क्याम्पस प्रमुख बिरन्जी गौतमले आगामी योजना र बजेट प्रस्तुत गरेका थिए । प्रमुख गौतमले क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्यम्पसले स्वअध्ययन प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा बुझाएको जानकारी दिए ।
समिति अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्यम्पसका संरक्षक प्रेमकुमरी केसी, समितिका उपाध्यक्ष बोधबहादुर कार्की, क्यम्पसका संस्थापक सदस्य डा चन्द्रबहादुर गुरुङ, डा कृष्ण केसी, सिनेटर निशा मल्ल ठकुरी, माधब बराल लगायतले बोलेका थिए ।
मीनबहादुर गिरीको संयोजकत्वमा हुकुमराज थापा र वन्दना कार्की सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति गठनका लागि सहजीकरण गरेको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया