४५ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ चैत ५ गते १०:५६

पोखरा ।
पोखरा १३ आर्वा, साझामा रहेको रतन पाण्डे बचत तथा ऋण सहकारीले शनिबार रक्तदातन आयोजना गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा भएको खुला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ ।
पोखरा १३ का वडा सदस्य बलबहादुर बरालले सहकारीले स्थापना दिवसमा सामाजिक काम गरी अरुलाई प्रेरण दिएको बताए ।
सहकारीका अध्यक्ष वसन्त शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणप्रसाद बराल, शिक्षा उपसमितिका संयोजक रविमोहन बराल, आशीर्वाद युवा क्लबका अध्यक्ष बिक्रम बराल लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया