स्याङ्जाकाे सिद्धार्थ बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे प्यानल निर्वाचित

समाधान संवाददाता २०७९ चैत ५ गते १२:३७

पोखरा ।
स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मतले पराजित गर्दै अनेरास्ववियुका थापा सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरे ।

स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरुमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् । यसअघि अनेरास्ववियुबाट कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भइसकेकी छन् । समानुपातिकतर्फ भने मतगणना भइरहेको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया