मुस्ताङ: स्वबियु निर्वाचनमा बाम लोकतान्त्रिकको ‘क्लीन स्वीप’

जोमसोम–हिमाली जिल्ला मुस्ताङको जोमसोममा अवस्थित एक मात्र तेज निरला जनहित बहुमुखी क्याम्पसमा बाम लोकतान्त्रिक गठबन्धन प्यानलले ‘क्लीन स्वीप’ गरेको छ ।
आईतबार साँझ जोमसोम स्थित नवनिर्मित क्याम्पस भवनमा सम्पन्न भएको स्ववियुको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम अनुसार प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनको प्यानलका तर्फबाट एकिकृत समाजवादी निकट अनेरास्ववियुले अध्यक्ष पदसहित ३ पदमा बिजयी हासिल ग¥यो । नेपाली कांग्रेस निकट नेपाल नेविसंघले ३ पदमा विजयी हासिल ग¥यो ।समानुपातिकतर्फ नेबिसंघले ४ पद र एमाले निकट अनेरास्ववियुले १ पदमा बिजयी हासिल गरेको स्ववियु निर्वाचन अधिकृत अदितीयचन्द्र थकालीले जानकारी दिए ।

क्याम्पसको स्ववियु निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ ५ जना स्ववियु पदाधिकारीका लागि आईतबार निर्वाचन भएको हो ।
मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियुको अध्यक्ष पदमा एकिकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा बिजयी भएकी छिन् । कुल ४२ जना मतदाता मध्ये ३७ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा अनेरास्वियुका अध्यक्ष पदका उम्मेदवार एलिस थकाली र एकिकृत समाजवादी निकट अनेरास्ववियुकी तिलिजाले समान १८/१८ मत प्राप्त गरेका थिए । एक बदर भएको थियो । दुबै उम्मेदवारको मत बराबरी भएपछि स्ववियु निर्वाचन कमिटीले गोलाप्रथाबाट अध्यक्ष पदमा एकिकृत समाजवादी निकट तिलिजालाई बिजयी भएको घोषणा गरेको थियो ।
यसअघि स्ववियु निर्वाचनका लागि सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका एमाले निकट अनेरास्ववियुका दुई जनाले मनोनयनपत्र फिर्ता लिएपछि नेबिसंघका सचिव पदकी उम्मेदवार रविना गुरुङ र कोषाध्यक्ष पदका असिम थकाली निर्विरोध निर्वाचित भएका थिए ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया