पत्रकार भुसाल पुरस्कृत

पोखरा ।
पोखराका क्रियाशील पत्रकार विभु भुसाल पुरस्कृत भएका छन् । प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत भएका हुन् ।
जनपक्षीय पत्रकारितामा दुई दशकदेखि क्रियाशील पत्रकार भुसाललाई नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले पुरस्कार अर्पण गरे । पुरस्कार राशि २५ हजार रुपैयाँ छ ।
सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने र पदम रेग्मी सम्मानित भए । पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर स्वरुप उनीहरुलाई सम्मान गरिएको सेन्टरले जनाएको छ ।
साधारणसभाका अवसरमा ‘समृद्धि र जनपक्षीय पत्रकारिता’ विषयक अन्तत्र्रिmयामा बोल्ने वक्ताहरुले पत्रकारिता जहिले पनि जनताको पक्षमा र जनताका मुद्दा बोक्नुपर्नेमा जोड दिए । जनपक्षीय पत्रकारिताले जनताका आवाजहरु मुखरित गर्ने भएकाले यसले समाजको सबै क्षेत्र र तहको समृद्धिमा योगदान पुग्ने भनाई सहभागीको थियो ।
अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले पत्रकारिताले राष्ट्रको विकास र समुन्तिमा योगदान दिने भएकाले जनपक्षीय पत्रकारितालाई जीवन्त राख्न सके समृद्धिमा सघाउ पुग्ने बताए ।
प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिता जनपक्षीय पत्रकारिताले मात्र निमुखा वर्ग र दबिएका र दबाइएका वर्ग र समुदायको आवाज बुलन्द गर्न सक्ने बताए । उनले प्रेस सेन्टरमा आवद्ध सञ्चारकर्मीहरुले अन्य भन्दा पृथक पहिचान कायम राख्न सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय रामजीप्रसाद बराल, दीपक कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, पत्रकारहरु अर्जुन काफ्ले, राजेन्द्र न्यौपाने, दीननाथ बराल, पुष्प दाहाल लगायतले पत्रकारिताले जनताका मुद्दाहरुलाई उठान गर्नुपर्नेमा जोड दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया