स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकीमा सञ्जय

पोखरा ।
स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकीमा शनिबार भएको साधारणसभा र महाधिवेशले सञ्जय सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सुवेदीको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्ष सुनील पराजुली, महासचिव विष्णुप्रसाद अधिकारी, सचिव नन्दकुमार पाइजा र कोषाध्यक्ष सुरेश पौडेल चयन भएका छन् ।सदस्यहरुमा सूर्यप्रसाद भण्डारी, रवि विक, रमेश चालिसे, बलराम ढकाल चुनिएका छन् ।
कार्यक्रममा बोल्दै स्वतन्त्र शैक्षिक परामर्श संघ निर्वतमान अध्यक्ष युवराज कटुवालले स्वतन्त्र शैक्षिक परामर्श संघ शक्तिशाली कमिटी भएको दाबी गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयका प्रतिनिधि, गृह मन्त्रालय, अर्थ मन्त्रालय लगायतका देशका उच्च ओहादाका प्रतिनिधिहरु रहने गरी कमिटी निर्माण भएको उल्लेख गरे ।
कार्यक्रमका इक्यान प्रतिनिधि रमेश थापाले शैक्षिक परामर्श सम्बन्धी संस्थाहरुको समस्या बेवास्तामा परिरहेको बताए ।
तपाईको प्रतिक्रिया