चप्पल बनाउने तालिम

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६० घन्टे मखमलको चप्पल बनाउने तालिम आयोजना गरिएको छ । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद् र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित छ ।
तालिमको माध्यमबाट योग्य र दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले दक्ष जनशक्तिलाई व्यवस्थापनको जिम्मेवारी महानगर लिने प्रतिवद्धता गरिन् ।
उनले भनिन्, ‘हामीले सीप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिएका छौ, पहिले तपाइले सिप सिक्नुस्, कम्तीमा १० जनालाई रोजगारी दिन सक्ने गरि उद्योग चलाउनुस् । सस्तो ब्याजदरमा ऋण हामी उपलब्ध गराउँछौं ।’
पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले सीप सिकेपछि स्वरोजगार बन्न चाहनेलाई वडाले सघाउने प्रतिवद्धता गरे । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालयका प्रशिक्षक सरोज अधिकारी, तालिम प्रशिक्षक प्रभा भुजेल लगायतले बोलेका थिए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया