बाग्लुङ तथा पर्वतका पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण

पोखरा ।
कस्केली अधिकृत समाजका सदस्यले शनिबार बागलुङ तथा पर्वतका पर्यटकीय स्थल भ्रमण गरेका छन् । पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई भ्रमणको माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्र भएकोसमाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए ।
समाजले विभिन्न रचनात्मक कार्यक्रमका माध्यमबाट समाजमा केही न केही योगदान पुगोस् भन्ने हेतुका साथ यस किसिमका कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ । कस्केली अधिकृत समाजका सदस्य एवं परिवारजनसमेत ५० जना सहभागी टोलीले बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय, पर्वतका अग्ला पुल लगायतका स्थान अवलोकन गरेको छ ।
गण्डकी प्रदेश खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमल्सिना र कृषि विकास बैंकका वरिष्ठ शाखा अधिकृत गायत्री सुवदीलाई समाजको नयाँ सदस्यका रुपमा स्वागत गरिएको समाजका सचिव महेश पौडेलले बताए । अघिल्ला २ वर्ष कोरोना कहरका कारण यस किसिमका कार्यक्रम नभएको संस्थाले जनाएको छ ।
यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनसँगै समाजका कार्यसमिति एवं आजीवन सदस्यबीच आपसी भाइचारा अभिवृद्धि हुने समाजका सल्लाहकार दुर्गाबहादुर शाह ‘बाबा’ले बताए । उपाध्यक्ष लोकनाथ दवाडीको संयोजकत्वमा भएको कार्यक्रमका लागि गठित उपसमिति सदस्यमा महेश पौडेल, वासुदेव पौडेल, सन्तोष ढुंगाना, अनिल सुवेदी र मैयाँ पराजुली छन् ।







चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया