लोमान्थाङमा जंगली कुकुरको आतंक

सुन्दरकुमार थकाली २०७९ चैत ६ गते १३:५५

जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा जंगली भुस्याहा कुकुरको आतंकले स्थानीयबासी त्रसिद छन् । लोमान्थाङ गाउँपालिका भित्र जंगली भुस्याहा कुकुरको आतंकले त्यहाँका नागरिकलाई बर्सेनि दुःख र निकै सास्ती दिँदै आईरहेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण क्षेत्रको निषेधित र नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ । लोमान्थाङको ५ वटै वडाका स्थानीयबासी जंगली भुस्याहा कुकुरको आतंकबाट पीडित छन् ।

लोमान्थाङ पालिकाभित्र झन्डै १५० को हाराहारीमा भुस्याहा कुकुर रहेको वडासदस्य छेवाङ रिङझिङ गुरुङले उल्लेख गरे ।उनका अनुसार लोमान्थाङमा अनाधिकृत छाडा रुपमा हिडिरहेका कुकुर स्थानीयबासीले पालेका होईनन् । यी भुस्याहा कुकुरहरु अनुकुल मौसममा आफै बस्ती र खेतबारी भेटिन्छन् ।

Advertisement

यी कुुकुर बर्खायाममा उच्चलेंकमा र हिउँदयाममा बस्ती नजिक झर्छन । बर्खायाममा जंगली भुस्याहा कुुकुर केही कम देखिएपनि चिसो मौसममा बग्रेल्ती दखिने गरेको वडा सदस्य गुरुङले बताए । लोमान्थाङमा जंगली भुस्याहा कुकुर १०/१२ वटाको समुह/समुहमा गाउँबस्ती र स्थानीयको खेतबारीमा देखिन्छन् ।

ति अनाधिकृत हिडिरहेका जंगल भुस्याहा कुकुरहरु स्थानीयको नियन्त्रण भन्दा बाहिर हुन्छन् । उपल्लो मुस्ताङ घुम्न गएका पर्यटक तथा त्यहाँका स्थानीयबासी माथि पनि जंगली भुस्याहा कुकुरले आक्रमण गर्ने गरेको वडासदस्य छेवाङ रिङझिङ गुरुङले बताए । ३ वर्षअघि उपल्लो मुस्ताङ घुम्न गएका एक विदेशी पर्यटकलाई जंगली भुस्याहा कुकुरले टोकेर घाईते बनायो ।

Advertisement

उनलाई हेली मार्फत उद्दार गरी उपचारका लागि काठमान्डौ पठाईएको थियो । त्यती मात्र होईन कुकुर आतंकले स्थानीयले लगाएको बालीनाली नष्ठ गरिदिने, घर र गोठमा पालिएका घर पालुवा पशुचौपाया खाईदिने गर्दा उपल्लो मुस्ताङबासी पीडित बनेको वडा सदस्य गुरुङको भनाई छ ।

हरेकवर्ष उपल्लो मुस्ताङमा जंगली भुस्याहा कुकुरले आतंक मच्याउने गरेको लोमान्थाङका स्थानीय टसी आङ्ग्या गुरुङले जानकारी दिए । उनले भुस्याहा कुकुरको डरले स्थानीय सर्वसाधारण निर्धक्क बाहिर हिँडडुल गर्नसक्ने अवस्था नरहेको उनले बताए । उपल्लो मुस्ताङबासी हिउँदयाममा जाडो छल्न बेसी झर्दा त्यससमयमा बढी कुकुरले क्षति पुर्‍याउने गरेको स्थानीय गुरुङको दुःखेसो छ ।

उपल्लो मुस्ताङमा जंगली भुस्याहा कुकुरले घरपालुवा पशुचौपाया, वन्यजन्तु, अन्नबाली र स्थानीयबासीलाई आक्रमण गरी घाईते तुल्याउने गरेको उनले बताए । उपल्लो मुस्ताङमा हालसम्म भुस्याहा कुकुरले दर्जनौ पशुचौपया र बालीनाली नष्ठ गरेको स्थानीयबासीको भनाई छ । नेपाली सेनाको क्याम्प रहेको लोमान्थाङ स्थित थुर्लुङफाँट नजिक शनिबार जंगल भुस्याहा कुकुरको समुहले वन्यजन्तु नाउर माथि आक्रमण गर्‍यो । कुकुरको आंतकबाट घाईते बनेको नाउर मर्न पुग्यो ।

वन्यजन्तु नाउरलाई लोमान्थाङ स्थित ईलाका प्रहरी कार्यालय ,एक्याप र स्थानीय जनप्रतिनिधिको राहबरमा मुचुल्का गरी खाल्डो खनी पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । भुस्याहा कुकुरको बिगबिगी बरिहेको र यसको नियन्त्रणका लागि स्थानीयले प्रहरी र एक्याप समक्ष अनुरोध गरेको उनले बताए ।

केही वर्षअघि नै उपल्लो मुस्ताङबासीले जंगली भुस्याहा कुकुर नियन्त्रण तथा व्यवस्थापन गर्न सरोकारवाला निकायलाई माग गरेपनि त्यसको यथोचित सम्वोधन हुन सकेको छैन । अनाधिकृत रुपमा फैलिएका जंगली भुस्याहा कुकुरको प्रजनन् दर बर्सेनि वृद्धि हुँदै गइरहेकाले कुकुर आतंकले उपल्लो मुस्ताङका पशुपालक किसान चिन्तित छन् ।

उपल्लो मुस्ताङबासीले भुस्याहा कुकुर नियन्त्रणका पशु प्रजनन् दर घर घटाउन पशु बन्ध्याकरणको आवश्यक रहेको औल्याएका छन् । उनीहरुले कुकुरको प्रजनन् रोक्न नसकिएमा केही वर्ष बृहत संख्यामा कुकुरको समुह फैलिने र यसले नागरिकको जीउधन र सम्पतीको सुरक्षा नहुने बताए । जंगली भुस्याहा कुकुरको नजिकै जाँदा मानविय जोखिम रहेको छ ।

अहिले उपल्लो मुस्ताङबासी र जंगली भुस्याहा कुकुरबीच द्धन्दले स्थानीयबासी आहत बन्ने अवस्था रहेको छ । ती अनाधिकृत कुकुरहरुको आतंकबाट बच्न रेबिज भ्याक्सिन लगाउन पर्ने गाउँलेहरुको भनाइ छ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनामा कुनै पनि वन्यजन्तुको शिकार गर्न र मार्न निषेध गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया