प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

समाधान संवाददाता २०७९ चैत ६ गते १६:०१

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए ।

अध्यक्ष लिङ्देनले भने, “विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ ।”

उनले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया