तनहुँ १ सहित चितवन र बारामा वैशाख १० गते उपनिर्वाचन

समाधान संवाददाता २०७९ चैत ६ गते १६:३७

पोखरा ।

निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए ।

Advertisement

चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशपछि चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएपछि सो क्षेत्र रिक्त भएको थियो ।

यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि ती क्षेत्र पनि रिक्त भएको थियो । आयोगले सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया