पत्रकार बासुदेव मिश्र सम्मानित

समाधान संवाददाता २०७९ चैत ६ गते १७:१९

पोखरा ।
पत्रकार बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट निजी क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै पत्रकार मिश्रलाई नगदसहित सम्मान गरिएको हो ।

मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो ।


पत्रकार मिश्रसँगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकालदेखि नै संस्थामा योगदान दिएका मोतीप्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको हो ।

Advertisement

महासंघले उत्कृष्ट शाखाको रुपमा गैडाकोट उद्योग वाणिज्य संघलाई सम्मान समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया