पाेखरा रोयल सहकारीको युवा लक्षित ग्लोबल मनी विक, युवा समेटेर ‘क्लोज क्याम्प’ गर्ने 

समाधान संवाददाता २०७९ चैत ६ गते २३:२८

पोखरा । 
पाेखरा रोयल सहकारी संस्थाले ‘ग्लोबल मनी विक–२०२३’ सोमबारबाट सुरु गरेको छ । युवामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान सहकारीले पहिलो पटक मनाउन सुरु गरेको हो । सोमबारदेखि सहकारीले विभिन्न समूह बनाएर युवाहरुलाई वित्तीय शिक्षाको महत्वबारे जागरण थालिएको सिइओ भीम गुरुङले जनाकारी दिए । 


सन् २०१२ देखि प्रत्यक वर्षको मार्च महिनामा मनाउने यो सप्ताह कार्यक्रम सहकारीले पहिलो पटक बनाउन लागेको उनको भनाइ छ । अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट ९ओइसिडी० को संयोजनमा विश्वका धेरै मुलुकमा यो कार्यक्रम मनाइँदै आएको छ । नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, संस्थाले यो सप्ताह मनाउनेछन् ।


‘नेपाल राष्ट्र बैकको संयोजक तथा सहकारी विभागको आह्वावनमा सहकारी क्षेत्रमा समेत विविध कार्यक्रम सञ्चालन गर्दै विशेष गरी  १८ वर्षदेखि ४० वर्षलाई वित्तीय ज्ञान, सीप र मनोवृत्ति र व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो,’ सिइओ गुरुङले भने । 

Advertisement


सहकारीका पोखरामा ४ वटा सेवा केन्द्र छन् । पोखरा बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको सहकारीका भण्डारिक, मेहोरिया, दुलेगौंडामा सेवा केन्द्र छन् । यी सबैबाट युवा लक्षित कार्यक्रम सुरु गरिएको गुरुङले बताए । 


‘यो साप्ताहिक अभियानमा उपस्थित हुनुभएको मध्यबाट सय जना युवाहरु समेटेर एक दिने क्लोज क्याम्प गछौं । त्यो क्याम्पमा युवाहरुलाई फोकस गरेर समुदायमा व्यक्तिसँग छरिएर रहेको साधन स्रोत एकीकृत गरी सामूहिक रूपमा काम गर्ने र लगानी तथा योगदान अनुसारको प्रतिफल प्राप्त गर्ने, सहकारीप्रतिको धारण, सीप विकास, पुँजी व्यवस्थापन र बजारीकरणमा टेवा पु¥याउने कसरी सकिन्छ भन्ने विषयमा त्यो गोष्ठीमा छलफल गरिन्छ,’ उनले भने । 

Advertisement


कास्की जिल्लाकै उत्कृष्ट यो सहकारीले  स्याङ्जा, लमजुङ, पर्वत र तनहुँमा आफ्ना सेवाहरु विस्तार गरेको छ । क्लोज क्याम्पमा केन्द्रीय कार्यालयबाट ४० र अन्य सेवा केन्द्रबाट २०÷२० जना गरी सय जना सहभागी गराइने सिइओ गुरुङले सुनाए । 
ग्लोबल मनी विकमा सहभागी हुनेलाई निशुल्क खाता खोल्ने व्यवस्था गरिएको छ । साथै स्वागत तथा सम्मान, वित्तिय सम्बन्धी चेतानामुलक सामाग्री पोस्ट गर्ने, बाल बचत कर्तालाई सेभिङ बक्स वितरण, युवा तथा विद्यार्थीहरुलाई सहकारी भ्रमण र कफी गफ गरिने विभागीय प्रमुख अभिषेक गुरुङले जानकारी दिए । उनका अनुसार अवधिमा कर्मचारी निबन्ध प्रतियोगिता पनि हुनेछ । सुन्दर भविष्यको लागि बचत शीर्षकमा निबन्ध प्रतियोगिता गरिने विभागीय प्रमुख गुरुङले । । 


पछिल्लो समय जनमानसमा सहकारीप्रतिको दृष्टिकोण बदल्नुपर्ने सिइओ गुरुङले सुनाए । ‘क्लोज क्याम्पमा युवाहरुलाई सहकारी प्रति हेर्ने दृष्टिकोण बदल्ने नै हो । राम्रा सहकारी कसरी मुल्यांकन गर्ने भन्ने नै हो । सहकारी भन्ने बित्तिकै नराम्रो हो भाष्यलाई तोड्न प्रयास गछौं,’ गुरुङले भने ।
पहिलो दिन नै युवाहरुको उल्लेखनीय उपस्थिति रहेको सुपरिवेक्षक नवराज दाहालले जनाकारी दिए । ‘आज पहिलो दिन नै युवाहरुको सहभागी राम्रो भयो । वित्तीय ज्ञान, सीप र मनोवृत्तिका र आर्थिक समृद्धिमा सघाउन पु¥याउने यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्छ भन्ने विश्वास छ,’ दाहालले भने । कार्यक्रम अध्यक्ष रुद्रकुमारी गुरुङ, विभागीय प्रमुख विजया श्रेष्ठ उपस्थित थिए । 

तपाईको प्रतिक्रिया