पोखरामा ‘सडक नाटक’ देखाउँदै मुख स्वास्थ्य दिवस मनाइयो 

समाधान संवाददाता २०७९ चैत ७ गते २:३८

पोखरा । 
शरीरको प्रवेशद्वार मुख हो । यसले मानिसको परिचय दिन्छ । शरीर सञ्चालनको लागि मुखबाटै खान खाइन्छ । मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ । मुखले खान मात्र हैन, अनुहारमा चमक बढाउन बोलीको शैली विकास गर्ने मानव शरीरको महत्त्वपूर्ण भाग हो । तर, पछिल्लो समय मुख र दाँतमा मानिसहरूले यति ध्यान नदिएको विषयलाई मध्यनजर गर्दै पोखरामा स्वास्थ्यकर्मीको समूहले मुख तथा दाँत सम्बन्धी नाटक तथा अभिमुखीकरण कार्यक्रम गरेका छन् । 

Advertisement


गण्डकी मेडिकल कलेज, कलेज अफ डेन्टल सर्जरी र रोट्याक क्लब अफ पोखरा गण्डकी मेडिकल कलेजको संयुक्त आयोजनामा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो । हरेक वर्ष मार्च बिसमा मनाइने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा पोखरामा ‘मुख स्वास्थ्य’ दिवस मनाइएको डाक्टर गितु गैरेले जानकारी दिइन् । 


‘मुख स्वाथ्य दिवसको अवसरमा नाटकसहितको जनचेतानात्मक कार्यक्रम ग¥यौं । मुख स्वास्थ्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा २६ बुढिबजारमा नाटक मञ्चन गरिएको हो,’ डा। गैरेले भनिन् ।  ब्रस कसरी गर्ने, दाँतको समस्यामा किन अस्पतालमा पुग्ने, मुख स्वास्थ्यलाई अवमुल्यान गर्दा के समस्या आउँछ रु जस्ता कुरालाई समेटेर नाटक देखाइएको हो ।  कार्यक्रममा  सहज र सर्वसुवभ स्वास्थ्य सेवा पु¥याउने कुरामा पनि ध्यानकर्षण गराइएको थियो । मुख स्वास्थ्यमा ध्यान नदिँदा मुटु र मधुमेह रोगहरू देखिने भन्दै सचेतना गराइएको थियो । 


गण्डकी मेडिकल कलेज रिट्टेपानीबाट सुरु भएको ¥याली बुढिबजार चोकमा पुगेर समापन गरिएको हो । ¥यालीमा जनचेतानात्मक प्लेकार्ड प्रस्तुत गरिएको थियो । टार्फिक प्रहरीसहितको सहभागीता र सहयोगमा कार्यक्रम सफल भएको गैरेले सुनाइन् । गैरेका अनुसार गण्डकी मेडिकल कलेजमा ‘पोष्ट प्रिजेन्टेसन कम्पिटिसन’ र रंगहोली बनाएका थिए । पोष्ट प्रिजेन्टेसन कम्पिटिसनमा निर्णायकमा डा. नुवादत्त सुवेदी, डा. रेबिका रञ्चित र मुना सिलवाल थिए । कार्यक्रम संयोजक डा कृष्ण सुवेदीले एक दिन मात्र नभएर वर्षैभरी नै यस्तो दिवस मनाउनुपर्ने भन्ने कुरामा जोड दिए । बिडिएस संकायका कोडिनेटर डाक्टर उमेश पराजुलीले कर्यक्रम सफलतापूर्वक सम्पन्न भएको सुनाए ।  कलेजका प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ र अस्पताकी मेडिकल सुपरिटेन्डेड टुमाया घले पनि सहभागी थिए ।


 

Advertisement

तपाईको प्रतिक्रिया