प्रधानमन्त्री कप फुटबल भोलिदेखि

काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा सुरु हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ राष्ट्रको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।
प्रतियोगिताका लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन् । प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पाउनेछ ।
हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई जनही २ सय ५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई ५ सय अमेरिकी डलर प्रदान गरिनेछ ।
प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ ५ सय र भिआईपीतर्फ १ हजार दरको टिकटको व्यवस्था गरेको छ । प्रतियोगिताका लागि १ करोड ७५ लाख ६६ हजार ४ सय ८० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया