प्रधानमन्त्री कप फुटबल भोलिदेखि

समाधान संवाददाता २०७९ चैत ७ गते १२:११

काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा सुरु हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ राष्ट्रको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन् । प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पाउनेछ ।

Advertisement

हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई जनही २ सय ५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई ५ सय अमेरिकी डलर प्रदान गरिनेछ ।

प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ ५ सय र भिआईपीतर्फ १ हजार दरको टिकटको व्यवस्था गरेको छ । प्रतियोगिताका लागि १ करोड ७५ लाख ६६ हजार ४ सय ८० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया