फलेवासका वडा सदस्यमाथि निर्घात कुटपिट
समाधान संवाददाता
२०७९ चैत ७ गते १४:०१
पोखरा ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका एक वडा सदस्यमाथि निर्घात कुटपिट भएको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका ६२ बर्षिय मोती प्रसाद भुषालमाथि स्थानीय युवाबाट निर्घात कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुटपिट वडा सदस्यको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्यमाथि स्थानीय अशोक भुषाल सहितका दुई युवाहरुले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पवर्तका सहायक हवल्दार भेषबहादुर नेपालीले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया