
जोमसोम ।
काठमाडौंबाट साइकल यात्रा तय गर्दै मुस्ताङ आएका एक विदेशी नागरिक मंगलबार साइकल दुर्घटनामा परी घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते–धम्पु, सिर्खुम हुँदै थासाङ–२ सौरु गाउँतर्फ जाँदै गर्दा डेनमार्गका ४० वर्षीय जेस्पर साइकल दुर्घटनामा परी घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
घाइते जेस्पर साइकल यात्रा गर्ने क्रममा सौरु जाने थाङ्नेभीर नजिक सडकमार्गबाट करिव १० मिटर तल खस्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । घाइते विदेशी नागरिकको बाँया हात र कुहिनाे भाँचिएको जनाइएको छ । साइकल दुर्घटनापछि कोवाङ प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।
घाइते साइकल यात्रीको जिल्ला प्रशासन कार्यालय मुस्ताङ, प्रहरी र स्थानीयको समन्वय र सहयोगमा कैलाश एअरको हेलिमार्फत थप उपचारका लागि मुस्ताङको कोवाङबाट काठमाडाैं उद्दार गरिएको प्रहरीले जनाएको छ ।
साइकल यात्रा गर्दै मुस्ताङ आउने टोलीमा ५ जना विदेशी र ४ जना नेपाली नागरिक थिए । साइकल यात्रा भने ४ जना विदेशी र २ जना नेपाली गरी ६ जना साईकल यात्रामा सम्मिलित थिए । उनीहरुले बेनी–जोमसोम मुख्य राजमार्ग सडक छोडेर धम्पु, सिर्खुम,सौरु पदमार्ग सडकको यात्रा तय गदै जोमसोमतर्फ जाँदै थिए । साइकिलिंग यात्राका लागि उनीहरुले दुईवटा बोलेरो जीपमा बन्दोबस्तीका सामान लिएर आएका थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया