गण्डकी बहु–प्राविधिकमा रिक्त सदस्य मनोनित

समाधान संवाददाता २०७९ चैत ७ गते १६:५१

पोखरा ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीको साझेदारीमा पोखरा महानगरपालिकाबाट सञ्चालित गण्डकी बहु–प्राविधिक शिक्षालयको सञ्चालक समितिमा रिक्त सदस्यहरुको पद पूर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय सञ्चालक समितिको १९ औं बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि तीन जना सदस्य मनोनित गरेको हो ।

बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाइ मनोनित गरेको छ । शिक्षालयको सञ्चालक समितिमा चार जना मनोनिति सदस्य रहने प्रावधान छ । समितिले यस अघि श्री राम पोखरेललाइ मनोनित गरिसकेको थियो । समितिमा मनोनित सदस्यको पदावधी तीन वर्षको रहने प्रावधान छ ।

गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ अनुरुप, शिक्षालयको सम्पुर्ण नीति निर्माण तथा काम कारवाहिको सञ्चालन, रेखदेख, तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि ९ जनाको सञ्चालन समिति रहेको छ । प्राविधिक शिक्षा तथा व्यवासायिक तालिमलाइ प्रवद्र्धन गर्दै स्थानीय स्तरमै निम्न मध्यमस्तरिय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरि सक्षम, आत्मनिर्भर तथा स्वालम्बित जनशक्तिको तयार गरि स्थानीय स्तरमै उद्यमशिलताको प्रवद्र्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो ।

Advertisement

समितिका अन्य सदस्यहरुमा महानगरपालिकाका कार्यपालिका सदस्यहरुमध्य प्रमुखद्धारा मनोनीत एक जना सदस्य, सिटिइभिटीका प्रतिनिधि पदेन सदस्य, स्थानीय शिक्षा प्रेमीमध्यबाट अध्यक्षद्धारा एक महिला सहित दुइ जना मनोनित सदस्य, महानगर शिक्षा शाखा प्रमुख, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवसायी,उद्योगी, ख्यातीप्राप्त प्राविधिकमध्ये सञ्चालक समितिबाट मनोनित दुइ जना र शिक्षालयका निर्देशक पदेन सदस्य सचिव रहने व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया