जिससका जनप्रतिनिधिलाई अभिमुखीकरण

पोखरा ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका जिसस पदाधिकारी र सदस्यहरूका लागि आयोजित अभिमुखीकरण तालिम सोमबार पोखरामा भएको छ ।
कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । त्यस अवसरमा अधिकारीले तीन तहका सरकार बिच समन्वय गर्ने उद्देश्यले स्थापित जिल्ला समन्वय समितिलाई संविधानले दिएका दायराभित्र रही प्रभावकारी काम गर्न अभिमुखीकरण फलदायी हुने विश्वास व्यक्त गरे ।
जिल्ला समन्वय समिती महासंघ गण्डकी प्रदेशका अध्यक्ष लीलाधर पौडेलले अनुगमन र समन्वयका काम प्रभावकारी रूपले सम्पन्न गर्न अभिमुखीकरण आयोजना गरिएको जनाए । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले समन्वय संरचना जीवन्त र कार्य वातावरण सहज बनाउन विभिन्न समयमा अभिमुखीकरण आबश्यक हुने उनले औंल्याए ।
नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहजीकरण गरेका थिए । कार्यक्रमको पहिलो चरणमा गण्डकी प्रदेशका एघार जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र दुईजना सदस्य गरी करिब ५० जनाको सहभागिता थियो ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन प्रतिष्ठानका शाखा अधिकृत बाबुराम न्यौपानेले गरेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया