प्रोग्रेसिभ फाइनान्सको वित्तीय साक्षरता

पोखरा ।
प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराको आयोजनामा सोमबार टुरिजम एन्ड होटल मेनेजमेस्ट कलेज पोखरा महानगरपालिका वडा नम्बर ८, सुन्दर मार्गमा कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्ष्य गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भयो ।
कार्यक्रममा राष्ट्र बैंकका निर्देशक आर्या जोशीले फाइनान्सियल लिटरेसी एन्ड ग्लोबल मनी विक तथा यसको उद्देश्यका बारेमा प्रकाश पारिन् । फाइनान्सका शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाइनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी गराए ।
कलेजका ५५ जनाभन्दा बढी विद्यार्थी कार्यक्रमा सहभागी भएको फाइनान्सका सूचना अधिकारी प्रमोद भट्टराईले जनाए । कार्यक्रमको अध्यक्षता फाइनान्सको पोखरा शाखा प्रबन्धक टंकप्रसाद ढकालले गरेका थिए ।
कार्यक्रममा गुहेश्वरी मर्चेट बैंकिङ एन्ड फाइनान्स शाखा प्रबन्धक विज्ञान गौतम र कलेजका सहायक प्रध्यापक निश्चल ज्ञवाली पनि सहभागी थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया