लायन्स क्लब मेट्रोसिटीमा श्रेष्ठ

समाधान संवाददाता २०७९ चैत ८ गते १२:३२

लेखनाथ ।
लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीको वर्ष २०२३/२४का लागि सुरेन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

‘हामी सेवा गर्छौं’ भन्ने उद्देश्यका साथ स्थापना भएको क्लबको वार्षिक साधारण सभाले आगामी वर्षका लागि सर्वसम्मत रुपमा सुरेन श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । समितिको प्रथम उपाध्यक्ष जीवन तिवारी, द्वितीय उपाध्यक्ष निर्भाम देवान र तृतीय उपाध्यक्ष सुजन अधिकारी छन् ।

समितिको सचिव भुक्तराज बराल, कोषाध्यक्ष सुशीलचन्द्र पौडेल, प्रशासक निशान श्रेष्ठ, जेआइसी कोओडिनेटर सन्तोष शर्मा अधिकारी र सर्भिस चियर पर्सन प्रेमकुमार जोशीलाई मनोनित गरिएको निर्वाचन संयोजक बलराम बरालले जानकारी दिएका छन् ।

लायन्स क्लब अफ लेखनाथ मेट्रोसिटीका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष नगेन्द्रराज बराल र सचिव निशान श्रेष्ठ लगायतले लायन्स क्लबले अगाडि सारेका सामाजिक कामका बारेमा जानकारी गराए ।

Advertisement

तपाईको प्रतिक्रिया