
जोमसोम ।
मुस्ताङमा मंगलबार एकैदिन दुईवटा बस दुर्घटना भएको छ । वारागुङ–३ छुसाङ र वारागुङ–१ खिंगामा दुर्घटना भएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ स्थित प्रहरी चेकपोस्ट नजिकै बसको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
तनहु रिसिङ गाउँपालिका–८ घरभई नवलपरासी पूर्व गैडाकोट नगरपालिका–४ बस्ने ७६ वर्षीया खिनुमाया श्रेष्ठको भे १ ख २७५४ नम्बरको बसको ठक्करबाट घाईते भई उपचार गर्न लैजाने क्रममा म्याग्दीको बेनी अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
छुसाङको चेक पोस्ट नजिक पिसाप फेर्न बसबाट झर्ने क्रममा वद्धलाई बसले ठक्कर दिई घाईत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुर्घटनापछि घाईत वृद्ध महिलालाई उपचारका लागि जोमसोम अस्पताल पुर्याईएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेनी अस्पतालमा लगिएको थियो ।
बस र ४२ वर्षीय चालक चाँगुनारायण सुवेदीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
वारागुङ–१ खिंगामा बसको ठक्करबाट अर्को एक महिला घाईते भएकी छिन् । मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा बा ४ ख ८९१७ नम्बरको बसको ठक्करबाट वारागुङ–१ खिंगा बस्ने ५१ वर्षीया महिला कार्तिक गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
दुर्घटनापछि घाईते महिलालाई उपचारका लागि जोमसोम अस्पताल पुर्याएकोमा उनलाई थप उपचारका लागि पोखराको मनिपाल अस्पतालमा लगिएको छ । बस र चालक प्रकाश सिग्देललाई प्रहरीले नियन्त्रणमा लिएका अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया