वैशाखमा अनलाइन पत्रकारिता तालिम हुने

समाधान संवाददाता २०७९ चैत ८ गते १७:३०

पोखरा ।
अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी वैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध सञचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्ष्य गरी तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

साथै कास्की जिल्लामा रहेर अनलाईन सम्बद्ध पत्रकार, संचारकर्मीहरुलाई संघमा समेट्ने नीति अवलम्बन गर्ने निर्णय अनुसार नयाँ सदस्यता आह्वान गर्न निर्णय गरिएको अनलाईन पत्रकार संघ गण्डकीका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए ।

कास्की जिल्लामा अहिले ९३ अनलाईन दर्ता भएर सञ्चालनमा रहेपनि ५२ जनामात्रै संघमा सदस्य रहेको कारण सबैलाई समेट्ने उद्देश्यले चैत मसान्तभित्र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो । दर्ता भएका अनर्लाइनसम्बद्ध पत्रकार र संचारकर्मीलाई संघको नियमानुसार सदस्यता वितरण गर्ने र सदस्यहरुलाई तालिममा सहभागि गराइने उनको भनाई छ ।

सदस्यता लिन https://ojag.org.np/ मा गएर लगइन गरि अनलाईनबाट सदस्यता फारम भर्न सकिने संघका अध्यक्ष बरालले बताए । विधिवत दर्ता भएर संचालनमा रहेका अनलाइनका संचारकर्मी, पत्रकारहरुलाई संघमा आवद्द हुन अध्यक्ष बरालले अनुरोध गरेका छन् ।

त्यस्तै बैठकले समितिको सल्लाहकारमा सागरराज तिमिल्सिना, प्रकाश ढकाल, केशव पाठक, रञ्जन अधिकारी, कमल सुवेदी र सन्देश श्रेष्ठलाई चयन गरेको छ । बैठकले संघको तेश्रो साधारसभा र दोश्रो अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्न भुमिका खेलेका निवर्तमान कार्यसमिति, निर्वाचन समिति लगायत सम्पुर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया