पोखरा १२ द्धारा निशुल्क चस्मा वितरण

पोखरा महानगरपालिका– १२ द्धारा निशुल्क चस्मा वितरण गरिएको छ । वडा कार्यालयले मंगलबार १७ जनालाई निशुल्क चस्मा वितरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका– १२ उपशाखाद्धारा ११ पुसमा वडामा आँखा शिविर गरिएको थियो । त्यतिखेर शिविरमा परिक्षण गराएका ३१२ जना मध्ये १७ जनालाई चस्मा लगाउनुपर्ने समस्या देखिएकाले मंगलबार वडामै उनीहरुलाई चस्मा प्रदान गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । शिविरमा गरिएको परिक्षणमा चस्मा लगाउनुपर्ने समस्या भएकालाई आज वडामै चस्मा दिएर सेवा गरेको उनले बताए ।
मानिसको संवेदनशील अंग मानिने भएकाले वडा कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले पुसमा शिविर संचालन गरेको थियो । रेडक्रस सामाजिक सेवा भाव लिएर काम गर्ने संस्था भएकाले समयसमयमा शिविर गरिदै आएको नेपाल रेडक्रस उपशाखाका सभापती कुश्मराज आचार्यले बताए । कार्यक्रम संयोजक गोविन्द प्रसाद घिमिरेले स्थानीयलाई गाउँ घरमै गएर सेवा दिइएको बताए ।






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया