बानियाँको अध्यक्षतामा वात्स्यायन वृद्धाश्रममा नयाँ कार्यसमिति

समाधान संवाददाता २०७९ चैत ८ गते २०:४८

पोखरा ।

वात्सायन वृद्धाश्रम पोखरा १४ को छैटौं साधारण सभा तथा चौथौं अधिवेशनबाट ललित बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बनियाँको नेतृत्वमा ११ सदस्यी कार्यसमिति चुनिएका हुन् ।


उपाध्यक्ष थमनबहादुर कार्की, सचिव रामजी केसी खत्री, उपसचिव सबिना अधिकारी क्षेत्री र कोषाध्यक्ष नरेन्द्र कुँवर चयन भएका छन् । कार्यसमिति सदस्यमा किर्तिबहादुर खत्री, जगन्नाथ तिमिल्सिना, रामचन्द्र खत्री, राधिका लम्साल, बालाराम बराल, मिठु कार्की चयन भएका छन् । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । खड्काले वृद्धश्रमलाई अझ व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए । उनले वृद्धश्रमलाई अझ व्यवस्थित र बनाउँदै लैजान आफूले सहयोग गर्ने प्रतिवधर्ता पनि दिएका छन् ।

Advertisement


पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु, धार्मिक एव सामाजिक व्यक्तित्व कमलनयन गौतम, धर्मराज श्रेष्ठ उपस्थित थिए । कार्यक्रममा जगन्नाथ तिमिल्सिना, ईन्द्रमाया बानियाँ, कमलनयन गौतम, तारा पाखे लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अध्यक्ष बानियाँले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया