उद्योग वाणिज्य महासंघ गण्डकीमा पदस्थापन

पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका नवनियुक्त अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यले पदभार ग्रहण गरेका छन् । महासंघको छैटौं प्रदेश सभा तथा तेस्रो कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्षमा निर्वाचित अमृत भट्टचनसहितका पदाधिकारी तथा कार्यसमितिका सदस्यले मंगलबार पदभार सम्हालेका हुन् ।
उनीहरुलाई महासंघ गण्डकीका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पदस्थापन गराए । महासंघ गण्डकीको सोमबार भएको निर्वाचनबाट अध्यक्षमा अमृतप्रसाद भट्टचन, जिल्ल्ला नगर उद्योग वाणिज्य संघतर्फबाट उपाध्यक्षमा केदारनाथ शर्मा, एसोसियट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, कोषाध्यक्षमा नवराज सुवेदी चुनिएका थिए ।
कायसमिति सदस्यमा हरिकुमार श्रेष्ठ, गोपी अधिकारी, केदारप्रसाद पराजुली, गुणराज सिलवाल र रामचन्द्र रेग्मी निर्वाचित भएका थिए । अध्यक्षमा शोभाकान्त पौडेल र अमृत भट्टचन उम्मेदवार रहेकोमा सहमतिका लागि उनीहरु अन्तिममा गोला प्रथाबाट अध्यक्ष चुनिन राजी भएका थिथ्ए । गोलाप्रथाबाट भट्टचन अध्यक्ष भएका हुन् ।
कार्यसमितिको सदस्यमा रामकली खड्का, हरि शर्मा गैरे, सीता सुवेदी, झलकलाल श्रेष्ठ, काशी गुरुङ र दयाराम पौडेल चुनिएको महासंघ गण्डकीले जनाएको छ । समितिका सल्लाहकारमा श्रवणकुमार जोशी, लक्ष्मीप्रसाद त्रिपाठी, राजेश थापा, लीलाबहादुर अधिकारी र मोतिप्रसाद पौडेल छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टचनले निजी क्षेत्रले भोगेका समस्या समाधानमा आफ्नो ध्यान केन्द्रीत हुने बताए । उनले निजी क्षेत्र पनि समाजको अंग भएकाले सामाजिक मुद्दा र उत्तरदायित्व बहनलाई पनि उत्तिकै प्राथमिकता दिने उद्घोष गरे । निवर्तमान अध्यक्ष कोइरालाले अर्थतन्त्र संकुचनमा परेको बेला निजी क्षेत्रमाथि थप जिम्मेवारी र चुनौति आइपरेको बताए ।
तपाईको प्रतिक्रिया