६४ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ चैत ९ गते १२:३७

पोखरा ।
सिद्धार्थ क्लब पोखराको आयोजना, बगालेटोल दिदी बहिनी समूह बगालेटोलको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की प्रदेशीय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा बुधबार रक्तदान आयोजना गरिएको छ । सो अवसरमा ६४ युनिट रगत संकलन भएको छ ।

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता क्लबका आजीवन सदस्य बामदेव सुवेदीलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । बरालले स्वास्थ्य क्षेत्रका कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने यस्ता कार्यक्रम हुने प्रशंसनीय भएको जनाए । कार्यक्रममा क्लबका उपाध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठ, सचिव रवि मर्सानी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया